Duration 4:50

Cdo : प्रशासनकोे सेवा प्रवाहलाई चुस्त बनाउने प्रजिअ रानाको प्रतिवद्धता

29 watched
0
2
Published 12 Oct 2021

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी प्रतिवद्धता जनाएका छन् । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा आउनु चिन्ताजनक रहेको बताउँदै आफ्नो कार्य अवधिमा कार्यालयको सेवा प्रवाहलाई सुधार गर्नमा ध्यान केन्द्रित हुने जनाएका हुन् । कार्यालय प्रमुखहरुलाई समेत सेवा प्रवाहलाई प्रभाबकारी बनाउनुको साथै सूचनाको हकको सुनिश्चिता, सूचना अधिकारीको व्यवस्था, सूचना वोर्डको उचित प्रयोग र वेबसाइटको अपडेट गर्न निर्देशन दिइसकेको प्रजिअ रानाले बताए । म्याग्दीमा रहेको विकास निर्माणमा ढिलासुस्ती र अनियमितताका समस्या निराकरणको लागि सम्बन्धित निकायसंग समन्वय गर्ने प्रतिवद्धता जनाए । जिल्लाका अति आबश्यक पर्ने बेनी-मालढुंगा, बेनी-जोमसोम र बेनी -दरबाङ लगायतका सडकखण्डको अवस्था दयनिय रहेको पाएको बताउँदै सम्बन्धित निकायसंग आबश्यक समन्वय र सहजीकरणको लागि भुमीका खेल्ने बताए । #cdo #Myagdi #parshasan #koralaonline

Category

Show more

Comments - 0